नेकपा एमालेले सरकारसँग घुँडा टेक्यो
काठमाडौं – नेकपा एमालेले सरकारसँग घुँडा टेकेको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग तीन दलका शीर्ष नेताहरू सहभागी छलफलमा अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनाव जान तयार रहेको भन्दै सरकारसँग घुँडा टेकेका हुन् ।
कार्की नेतृत्वको सरकार असंवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालत गएको एमाले अन्ततः चुनावमा जाने भएको हो । एमाले चुनावमा जान तयार भएपछि फागुन २१ को चुनाव निश्चित बनेको छ ।
बैठकपछि ओलीको भनाइ उद्धृत गर्दै सञ्चारमन्त्री जगदीश खरेलले भने, ‘एमाले चुनावमा जान तयार छ। त्यो वातावरण सरकारले सरकारले बनाउनुपर्यो।’
कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले पनि अब संसद् पुनर्स्थापना नभई चुनावमा जाने कुरामा आफूहरू तयार रहेको बताएको उनले सुनाए। प्रधानमन्त्रीले पनि चुनावको वातावरण बनाउने प्रतिबद्धता गरेको बताए।