जङ्गलमै हराइन डौरा देवी, खोजीकार्य जारी

आइतबार, १३ पौस २०८२

कैलाली – कैलालीको टिकापुर नगरपालिका २ स्थित जनशक्ति सामुदायिक वनबाट एक महिना बेपत्ता भएकी छन् । घाँस काट्न गएकी ५२ वर्षीया तिरुवा घर नफर्किएपछि स्थानीय र प्रहरी टोलीले जोजिरहेको छ ।

​प्रतिकूल समयमा पनि टोलीले रातभर जंगल र आसपासका क्षेत्रमा खोजतलास गरे पनि अहिलेसम्म उनको कुनै पत्तो लाग्न सकेको छैन। ​परिवारका सदस्यहरूका अनुसार उनी सधैं जाने वनमै गएकी थिइन्, तर यसरी सम्पर्कविहीन हुनुले सबैलाई चिन्तित तुल्याएको छ। प्रहरीले सम्भावित सबै ठाउँमा खोजी गरिरहेको जानकारी दिएको छ।

अहिलेसम्म कुनै पनि सम्पर्क नभएकाले, कतै देख्नुहुने वा केही जानकारी पाउनुहुने महानुभावलाई खबर गर्न परिवारले आग्रह गरेको छ ।