पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ पुनः रास्वपामा
काठमाडौं—पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठ पुनः रास्वपामा फर्किएकी छन् ।
जेनजी आन्दोलनलगत्तै रास्वपा परित्याग गरेकी श्रेष्ठ काठमाडौंका मेयर बालेन शाहको टिमबाट रास्वपामा समाहित भएकी हुन् ।
गत भदौ २९ गते पार्टीभित्र एक व्यक्तिको अत्यधिक देवात्वकरण, फरक मत राख्नेलाई दबाब र आफूमाथि गरिएको ‘मिडिया ट्रायल’ को आरोप लगाउँदै रास्वपा त्यागेकी थिइन् ।
बालेन–रवि सम्झौता पछि आगामी प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको उम्मेदवार बन्नेगरी सुमना रास्वपामा समाहित भएकी हुन् ।
पार्टी छोडेपछि सुमना वैकल्पिक राजनीतिक शक्ति निर्माणको बहसमा सक्रिय भइन्। ऊर्जा मन्त्री कुलमान घिसिङ, जेनजी अभियन्ता सुदन गुरुङ र मेयर बालेन शाहसँग उनको निरन्तर संवादले नयाँ राजनीतिक समीकरणको संकेत दिँदै आएको थियो।
हालै रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच एकता सहमति भएपछि सुमना पनि सोही शक्ति समीकरणमा समाहित हुन लागेको स्रोतहरूको दाबी छ।