देउवा उपस्थित नभएपछि डिजिटल हस्ताक्षरको छाप लगाइयो

सोमबार, १४ पौस २०८२

काठमाडौं — नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको डिजिटल हस्ताक्षरमा समानुपातिकतर्फको बन्दसूची पेस गर्न लागेको छ ।

देउवा उपस्थित नहुँदा समानुपातिकतर्फका उमेदवारले गर्ने स्वघोषणामा पनि उनको हस्ताक्षरको छाप लगाइएको छ । केन्द्रीय कार्यालय सानेपामा उमेदवारहरूको व्यक्तिगत स्वघोषणामा कर्मचारीहरूले सभापतिको छाप लगाइरहेका छन् ।

सानेपामै आज (पुस १४) बेलुका ५ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट पारित गरेर समानुपातिकतर्फको बन्दसूचीसहितको फाइल निर्वाचन आयोगमा पेस गर्ने कांग्रेसको तयारी छ ।