खड्ग बहादुर सिंहको ३८औँ श्रद्धाञ्जली सभा सम्पन्न

मंगलबार, १५ पौस २०८२

कैलाली – कैलालीको टीकापुरमा श्री खड्ग बहादुर सिंह स्मृति प्रतिष्ठानको आयोजनामा ३८औँ  श्रद्धाञ्जली सभा भव्यताका साथ सम्पन्न भएको छ। “हाम्रो चाहना-खड्ग नगर टीकापुर कामना” र “ग्रीन टीकापुर, क्लीन टीकापुर” भन्ने संकल्पका साथ आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

​प्रतिष्ठानका अध्यक्ष बल बहादुर रावलको सभापतित्व तथा पदम बहादुर रावलको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रीय प्रशासन प्रमुख राम लाल डंगौरा थारु, समाजसेवी पूर्ण बहादुर बिष्ट उपस्थितरहेको थियो। ​कार्यक्रममा अतिथिका रूपमा गोकुल प्रसाद तिमिल्सिना, भिम बहादुर शाह, ललित शाही, गणेश जैसी, लाल बहादुर गुरागाईं, मोहन नाथ योगी, नर बहादुर रावल, इन्द्रजित कुँल्ला लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

​कार्यक्रमको सुरुवात खड्ग बहादुर सिंहको स्मृतिमा  पानसमा दीप प्रज्वलन, माल्यार्पण र १ मिनेटको मौन धारण गरिएको थियो। समाजसेवी बाल बहादुर रावलले स्वागत मन्तव्य राखेर सुरु भएको उक्त सभामा सिंहको योगदान र टीकापुरको विकासका बारेमा विभिन्न व्यक्तित्वहरूले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानले टीकापुरलाई नगर एक, उद्यान अनेकको अवधारणामा हरित नगर बनाउने योजना सार्वजनिक गरेको छ। यस अभियानमा सहयोग पुर्‍याउने विभिन्न दाताहरू
​स्व. डिल्ली राज ढुंगाना,  डिल्ली राज खनाल ,​स्व. अमिर बहादुर शाही र स्व. पदम सिंह कुँवर, ​स्व. गोपाल जैसी र नर सिंह कुँवर स्व. लाल बहादुर रावल र स्व. तुल्सी देवी खड्का ​लगायतका दर्जनौँ दाताहरूलाई प्रतिष्ठानले हृदयदेखि आभार प्रकट गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापति बाल बहादुर रावलले उपस्थित सबैलाई धन्यवाद दिँदै सभा विसर्जन गरेका थिए ।