नेकपा एमालेले २१ जिल्लाका जनतालाई हेप्यो

बिहिबार, १७ पौस २०८२

काठमाडौं— नेकपा एमालेले २१ जिल्लाका जनतालाई हेपेको छ ।

आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट ९ जनाको प्रतिनिधित्व हुँदा २१ जिल्ला छुटाएर एमालेले हेपेको हो ।

यसरी हेपिने जिल्लामा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर, रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा रहेका छन् ।

गत पुस १४ गते निर्वाचन आयोगमा एमालेले बुझाएको सूचीमा ५६ जिल्लाबाट प्रतिनिधित्व छ ।

त्यसमध्ये झापाबाट ९ जनाको प्रतिनिधित्व देखिएको छ। यसमा अनिता सुब्बा, विद्यानन्द राजवंशी, नर्मदादेवी सिवाकोटी, मेनुका काफ्ले, लता प्रसाईं, नीता घतानी, जितु दर्जी गौतम, सोम पोर्तेल र बिना साह महतो छन्।