केही दिनअघि रिहा भएका रवि लामिछानेका लागि अदालतबाट अर्को खुशीको खबर
काठमाडौं—केही दिनअघि रिहा भएका रवि लामिछानेका लागि अदालतबाट अर्को खुशीको खबर प्राप्त भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गर्दै रविलाई राहत दिएको छ ।
न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश यथावत् राख्ने फैसला सुनाउँदै ६० लाख धरौटी सदर गरेको हो ।
यो आदेशसँगै लामिछानेसहित अन्य आरोपितहरूलाई धरौटीमा छाड्ने निर्णय वैध ठहरिएको छ।