एमालेले गर्यो गोरखा-२ बाट चक्रे मिलनलाई उम्मेदवार सिफारिस
काठमाडौं — एमालेले गोरखा क्षेत्र नं २ बाट मिलन गुरुङ (चक्रे मिलन) लाई प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ ।
आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो ।
गुरुङले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन् ।
उनी २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् । उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन् ।
यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै गोरखाका युवा नेता प्रविण अधिकारीले भने, ‘जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ ।’