शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री बन्नका नयाँ राजनीतिक चाल चाले
काठमाडौं—जेनजीबाट कुटिएका शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री बन्नका नयाँ राजनीतिक चाल चालेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गराउँदै देउवाले आफूसहित सबै कार्यसमितिको म्याद ६ महिना लम्ब्याएर प्रधानमन्त्री बन्ने बाटो खुल्ला गरेका हुन् ।
बैठकअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरेका थिए । देउवाले विशेष महाधिवेशन गर्न नहुने अडान राख्दै आएका थिए ।
नेपाली कांग्रेसको महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गरिने भएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिका तय गरेको हो। कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राखेको प्रस्ताव बैठकले पारित गरेको छ।
यसअघि संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले पनि यहि मिति प्रस्ताव गरेका थिए।
यादवको प्रस्तावमा विरोध भएपछि कांग्रेसको केन्द्रीय समिति बैठकले गत मंसिर १५ गते महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको थियो।
पुसको कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशन पक्षधरले पुसको २७ र २८ मा महाधिवेशन गर्ने गरी भृकुटीमण्डपको हल नै बुकिङ गरिसकेको छ।
नयाँ कार्यतालिका अनुसार वडा अधिवेशन चैत २१ गते हुनेछ। यस्तै पालिका अधिवेशन चैत २५ गते, प्रदेश सभा क्षेत्रिय अधिवेशन चैत २८ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन वैशाख २ र ५ गते तथा प्रदेश अधिवेशन वैशाख १० देखि १२ गतेसम्म गरिनेछ।
केन्द्रीय कार्यसम्पादन समितिे केन्द्रीय समितिको म्याद आगामी जेठ मसान्तसम्म थपेको छ।