भेनेजुएलामाथि अमेरिकी हमला साम्राज्यवादी – सैन्यवादी हस्तक्षेप हो : माओवादी
काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी-सैन्य हस्तक्षेप भएको बताएको छ । माओवादीका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन ।
अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ।
यसले विश्वलाई स्तब्ध बनाएको छ। हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं।
माओवादीद्वारा जारि विज्ञप्तिमा भनिएको छ, अमेरिकाले जे सुकै बहाना बनाए पनि समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ताका कारण हमला गर्नु भनेको राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन हो ।
माओवादीले अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ । साथै विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।