बालेन पक्षबाट को–को बन्दैछन् रास्वपामा पदाधिकारी ?

सोमबार, २१ पौस २०८२

काठमाडौं—बालेन शाहले रास्वपा पदाधिकारीका लागि दुई नेतालाई सिफारिस गरेका छन् ।

रवि र कुलमानसँग भएको सहमति अनुसार बालेनले इन्जिनियर सुनिल लम्साललाई महामन्त्रीमा र भूपदेव शाहलाई सहमहामन्त्रीमा सिफारिस गरेका हुन् ।

लम्साल बालेनका पूर्वाधार सल्लाहकार हुन् भने शाह प्रमुख स्वकीय सचिव हुन् ।

कुलमान पक्षले उपसभापति र सहप्रवक्ता लिने तथा बालेनले महामन्त्री र सहमहामन्त्री लिने सहमति भएको थियो ।

सोही सहमति अनुसार कुलमान उपसभापति बनेका छन् भने सहप्रवक्ता बारे छलफल भइरहेको छ ।