एनआईसी एसिया बैंकभित्र छिरेर आत्महत्या गर्न खोज्ने एक व्यक्ति पक्राउ

सोमबार, २१ पौस २०८२

काठमाडौं—एनआईसी एसिया बैंकभित्र छिरेर आत्महत्या गर्न खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

बैंकको इटहरी शाखामा पेट्रोल लिएर आत्मदाहको प्रयास गर्ने लालबहादुर पौडेललाई प्रहरीले बैंकबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका पौडेल बैंकको ऋणी रहेको प्रहरीले जनाएको छ ।

गंगाशरण साह तेलीले बैंकबाट लिएको ऋण नतिरेपछि बैंकले उनको धितो लिलाम गर्न लागेको थियो ।

पौडेलले तेलीको धितो लिलाम हुन लागेको थाहा पाएपछि आफ्नो रकम पनि उठाइदिन बैंकमा दबाब दिएका थिए ।

बैंकले व्यक्तिगत कारोबारको विषयमा केही गर्न नसक्ने जवाफ दिएपछि आफूमाथि पेट्रोल छर्किंदै पौडेलले आत्मदाह प्रयास गरेको बैंकले जनाएको छ ।