केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको वयान सार्वजनिक
काठमाडौं—तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको वयान सार्वजनिक भएकोे छ ।
एमाले नेता महेश बस्नेतले आयोगलाई दिएको ६ बुँदे वयान सार्वजनिक गरेका हुन् । आइतबार जाँचबुझ आयोगसँग बयान दिदै ओलीले आन्दोलन शान्तिपूर्ण हुने, सरकारले बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको बताउँदै आन्दोलनमा घुसपैठ भएको दावि गरेका छन् ।
ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।
आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेको ओलीको भनाइ छ ।
आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ओलीले दाबी गरेका छन् ।
२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार शुरू भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको ओलीले स्मरण गरेका छन् ।
२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको उनको भनाइ छ ।
गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा उनले आशंका व्यक्त गरेका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए ।