चुनावको मुखैमा नेपाली कांग्रेस फुटको संघारमा

बुधबार, २३ पौस २०८२

काठमाडौं—चुनावको मुखैमा नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ ।

कांग्रेसका सस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्माले विशेष महाधिवशेन गर्न गरेको मागलाई बेवास्था गरेपछि फुटको संघारमा पुगेको हो ।

महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।

महाधिवेशन पक्षधररूको तर्फबाट सुवास पोखरेलले पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन घोषणा गरेका हुन् ।