रवि लामिछानेसंग पार्टी एकता गरेपछि बालेन शाहको समूह विभाजनको संघारमा
काठमाडौं—रवि लामिछानेसंग पार्टी एकता गरेपछि बालेन शाहको समूह विभाजनको संघारमा पुगेको छ।
रास्वपासँग एकता गरेपछि शाहलाई स्थानीय चुनावदेखि साथ दिइरहेका केही व्यक्तिहरुले चर्को असन्तुष्टी जनाउदै छुट्टै अभियान सुरु गरेका छन् ।
जसमा स्वतन्त्र तथा लौरो अभियान चलाइरहेका र केही जेनजी युवासमेत छन्।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि आफू प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित बालेनले यही पुस १३ गते रास्वपासँग सहमति गरेका थिए। यही विषयमा उनको समूहको एउटा तप्कामा चरम असन्तुष्टी देखिएको छ।
यो समूहले बिहीबार छुट्टै भेला आयोजना गर्दै छ। जसमा ५ सय जनाको उपस्थित रहने दाबी लौरो अभियानका कार्यवाहक संयोजक विनोद बजगाईंले बताएका छन् ।