रवि लामिछानेले कुलमानलाई आफ्नो बाटो लाग भनेपछि पार्टी एकता भाडिएको खुलासा
काठमाडौं—रवि लामिछानेले कुलमानलाई आफ्नो बाटो लाग भनेपछि पार्टी एकता भाडिएको खुलासा भएको छ ।
कुलमानले दिनदिनै माग फेर्न थालेपछि आजित भएर आफ्नो बाटो लाग भनिदिएको रवि लामिछानेले पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन् ।
रास्वपाका दुई सचिवालय सदस्यहरूका अनुसार पुस १४ मा सहमति भएको दिनदेखि नै कुलमानले नयाँ-नयाँ माग अघि सार्दै आएको कुरा सभापति लामिछानेले बताएका थिए ।
बालेन्द्र शाह र कुलमान घिसिङसँग राम्रो पार्टी बनाउने सोचेर सहमति गरेको, सहमतिका लागि नख्खु कारागारमा रहेदेखि नै पहल लिएको तर अन्तिममा सँगै जाने अवस्था नबनेको घिसिङले बताएका थिए ।