पठाओका मालिक असिममानसिंह बस्न्यात राप्रपा नेता रविन्द्र मिश्रसँग चुनाव लड्ने
काठमाडौं—पठाओका मालिक असिममानसिंह बस्न्यात राप्रपा नेता रविन्द्र मिश्रसँग चुनाव लड्ने भएका छन् ।
बस्न्यातले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर १ बाट रविन्द्रसहित कांग्रेस नेता प्रकाशमान सिंहसँग चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले उद्यमीका रुपमा नेपालमै बसेर केही बनाउन खोजेको, रोजगारी सिर्जना गरेको, असफलता, दबाब, जिम्मेवारी नजिकबाट देखेर अनुभव गरेको दावि गरेका छन् ।
उनले आज एक भिडियो सन्देश जारी गर्दै काठमाडौँ क्षेत्र नम्बर १ बाट उठ्ने उद्घोष गरेका हुन् ।
बस्न्यातले स्वतन्त्र उम्मेद्वारी दिन लागेका हुन् वा कुनै पार्टीबाट उठ्दैछन्,त्यसबारे भने खुलाएका छैनन् । ‘म एउटा महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दैछु, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारीको घोषणा गर्दैछु’,उनले भनेका छन्, ‘उद्यमीको रुपमा मैले नेपालमै बसेर केही बनाउन खोजेको छु,रोजगारी सिर्जना गरेको छु, असफलता,दबाब,जिम्मेवारी सबै नजिकबाट देखेको छु,त्यही अनुभवले मलाई यो कुरा स्पष्ट गरायो।’
बस्न्यातले एक महिना अघिदेखि नै चुनावको प्रचारप्रसार समेत थालिसकेको बताइन्छ । उक्त निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लागातार निर्वाचित हुँदै आएका छन् । ०७९ को निर्वाचनमा सिंहले ७ हजार एक सय ४३ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ७ हजार १८ मत पाएका थिए । ०७४ को निर्वाचनमा पनि नेता सिंह नै निर्वाचित भएका थिए ।