जिल्ला प्रहरी कार्यालयको क्वाटरमा एक हवल्दार मृत भेटिए
काठमाडौं—जिल्ला प्रहरी कार्यालयको क्वाटरमा एक हवल्दार मृत भेटिएका छन् ।
जिप्रका सल्यानमा कार्यरत दाङको तुल्सीपुर उपमहानगरपालिका–८ दुधेनाका ४१ वर्षीय भीमबहादुर केसी मृत फेला परेका हुन् ।
शनिबार राति खाना खाएर सुतेका उनी आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले बताए।
मृतक केसीको शव आफन्तको जिम्मा लगाएको उनले बताए।
जिल्ला अस्पताल सल्यानका चिकित्सकले केसीलाई हृदयघात भएको जानकारी दिएको डीएसपी केसीले बताए।