माओवादी नेता शिलु र काजी गाेरखा २ र कपिल गाेरखा १ बाट सिफारिस
गाेरखा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गोर्खा जिल्लाको सचिवालय बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरु सिफारिस गरेको छ । बैठकले गाेरखा क्षेत्र नम्बर २ बाट पार्टी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल ( शिलु साि)सहित तीन जनाकाे नाम सिफारिस गरेको हाे ।
शिलुसँगै पार्टी केन्द्रीय सदस्य तथा युवा नेता काजी गुरुङ र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष टेक प्रधान पनि सिफारिस भएका छन् । बैठकले क्षेत्र नम्बर १ बाट जिल्ला इन्चार्ज कपिल भट्ट, गण्डकी गाउँपालिका इन्चार्ज विष्णु रिजाल र नेता परशुराम पौडेलकाे नाम सिफारिस गरेको छ ।
गाेरखा १ बाट पहिलो नम्बरमा सिफारिस भएकी शिलु ऐतिहासिक गाेरखा जेल ब्रेककी कमाण्डर हुन् । उनी २०६४ सालकाे संविधान सभा सदस्यसमेत हुन् ।
