अभियान टोलीलाई धादिङमा भव्य स्वागत, सहिदको सालिकमा माल्यार्पण गरेर अभियान सुरु

सोमबार, २८ पौस २०८२

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको आयोजनामा संचालित समाजवादी जागरण अभियान धादिङ पुगेको छ ।

सम्झना सीको नेतृत्वमा रहेको अभियान टोलीलाई नेकपा माओवादी जिल्ला समिति धादिङका सचिव प्रदिप सी नेतृत्वको टोलीले भब्य स्वागत गरेको छ ।

स्वागत लगत्तै अभियान टोलीले जनयुद्धका सहिद बैकुण्ठ रेग्मी (रोशन) को सालिकमा माल्यार्पण गरेको थियो । अभियान टोली कमाण्डर सम्झना सी, सदस्यहरू प्रकाश सी, विनिता सी, रमेश सी, अनिल सी, शोभराज सी तथा जिल्लाका नेताहरुले रोशनको सालिकमा माल्यार्पण गरेका थिए ।

नेकपा माओवादीका नेता नरेश सीले सहिद रोशनको योगदान, गिरफ्तारी र हत्याको विवरण सुनाएका थिए । तत्कालिन नेकपा माओवादीका स्थानीय नेता रोशन शाहीको नेपाली सेनाले २०६० साल असोज २२ गते पक्राउ गरी २६ गते हत्या गरेको थियो ‌

माल्यार्पणपछि अभियान टोलीले धुनीबेसी नगरपालिकाका विभिन्न बजारमा पर्चा वितरण गरेको थियो ।