चुनाव वर्तमान संकटको समाधान हाेइन : सम्झना सी
धादिङ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य सम्झना सीले फागुन २१ गतेकाे निर्वाचन वर्तमान राजनीतिक संकटकाे समाधान नभएकाे बताएकी छन् । समाजवादी युवा जागरण अभियानकाे क्रममा धादिङकाे गल्छीमा आयाेजित काेणसभालाई सम्बाेधन गर्दै प्रतिनिधिसभा निर्वाचन मात्र समस्याको समाधान नभएको बताएकी हुन् ।
देशकाे मुख्य समस्या व्यवस्थामा भएकाे बताउँदै दलाल संसदीय व्यवस्थाका कारण संकट उत्पन्न भएकाे बताइन् । “समस्या व्यवस्थामा छ, संविधानमा छ, समस्या अर्थतन्त्रमा छ ।”, उनले भनिन्, “फागुन २१ गतेकाे चुनावले याे संकटको समाधान दिन सक्दैन ।”
संकट समाधानकाे उपायसहित नेकपा माओवादीले समाजवादी जागरण अभियान चलाएकाे बताउदै सर्वपक्षिय अन्तरिम सरकारले मात्र निश्पक्ष निर्वाचन गराउने जिकिर गरिन् । सुशीला कार्की नेतृत्वको सरकार कट्पुतली रहेकाे दावि गर्दै याे सरकारले विदेशीले भनेका मान्छेलाई जिताएर संसद पनि कट्पुतली बनाउने याेजनामा रहेकाे बताइन् ।
काेण सभालाई सम्बोधन गर्दै धादिङ जिल्ला सेक्रेटरी प्रमाेद सीले अमेरिकीहरू चुनावमा पैसा खन्याएर आफ्ना एजेण्टलाई जिताउन मिहिनेत गर्ने खुलासा गरे । कार्यक्रम अघि अभियान टाेलीले धार्केदेखि गल्छिसम्म पर्चा वितरण गरेकाे थियाे ।
नेकपा(माओवादी) की केन्द्रीय समितिकाे आयोजनामा संचालित समाजवादी जागरण अभियानलाई जिल्ला समिति धादिङका सचिव प्रमाेद सी नेतृत्वकाे टाेलीले भब्य स्वागत गरेकाे थियाे । स्वागत लगत्तै अभियान टाेलीले जनयुद्धका सहिद बैकुण्ठ रेग्मी (राेशन)काे सालिकमा माल्यार्पण गरेकाे थियाे ।
अभियान टाेली कमाण्डर सम्झना सी, सदस्यहरू प्रकाश सी, विनिता सी, रमेश सी, अनिल सी, शाेभराज सी तथा जिल्लाका नेताहरुले राेशनकाे सालिकमा माल्यार्पण गरेका थिए ।
नेकपा माओवादीका नेता नरेश सीले सहिद राेशनकाे याेगदान, गिरफ्तारी र हत्याकाे विवरण सुनाएका थिए । तत्कालिन नेकपा माओवादीका स्थानीय नेता राेशनकाे शाही नेपाली सेनाले २०६० साल असाेज २२ गते पक्राउ गरी २६ गते हत्या गरेकाे थियाे
माल्यार्पणपछि अभियान टाेलीले धुनीबेसी नगरपालिकाका विभिन्न बजारमा पर्चा वितरण गरेकाे थियाे ।

DCIM100GOPROGPBO1713.JPG

DCIM100GOPROGPBQ1722.JPG

DCIM100GOPROGPBV1738.JPG

DCIM100GOPROGPBW1741.JPG

DCIM100GOPROGPBX1744.JPG

DCIM100GOPROGPCD1767.JPG

DCIM100GOPROGPCL1797.JPG

DCIM100GOPROGPAX1654.JPG

DCIM100GOPROGPBA1664.JPG


DCIM100GOPROGPBE1684.JPG

DCIM100GOPROGPBI1696.JPG

DCIM100GOPROGPBK1703.JPG

DCIM100GOPROGPBM1708.JPG

DCIM100GOPROGPBN1711.JPG