माओवादी कुर्सीका लागि कार्यकर्ता लिलाम गर्ने पार्टी हाेइन : प्रकाश सी

बुधबार, ३० पौस २०८२

रसुवा – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य प्रकाश सीले नेकपा माओवादी अरू पार्टी जस्ताे कार्यकर्ता लिलाम गरेर खाने पार्टी नभएकाे बताएका छन् । रसुवाकाे कालिकास्थानमा समाजवादी युवा जागरण अभियानकाे क्रममा आयोजित काेणसभालाई सम्बाेधन गर्दै उनले माओवादी श्रममा बाच्ने पार्टी भएकाले अरू पार्टी जस्ताे नभएकाे बताएका हुन्।

उनले नेपालमा सबै पार्टी एकै हुन् भनेर नेकपा माओवादीलाई पनि एउटै डालाेमा हालेकाे प्रति असन्तुष्टि पाेख्दै आफ्नाे पार्टी फरक रहेको बताए ‌। “हामी अरू पार्टी जस्ताे हाेइनाैं । हाम्रो पार्टी आफ्नै उत्पाादनकाे जगमा उभिएकाे पार्टी हाे ।”, उनले भने, “हामीलाई पनि अरू पार्टी जस्तै सम्झिए देश अर्को दुर्घटनामा पर्नेछ ।”

माओवादीलाई अरू पार्टी जस्तै सम्झेर विकल्प भनिएका व्यक्तिलाई मत हालेर जिताएकाे खण्डमा देश पुनः दुर्घटनामा पर्ने बताए । कैलाली जिल्ला इन्चार्जसमेत रहेका प्रकाश सीले नयाँ भनिएका रवि, बालेनहरू विदेशीकाे एजेन्टका रूपमा नेपालमा परिचालित भएकाे बताउँदै उनीहरूले देश झनै वर्वाद हुनेमा शंका व्यक्त गरे ।

कार्यक्रममा नेकपा माओवादी रसुवा इन्चार्ज प्रकाश सीले नेकपा माओवादी देशकाे विध्यमान समस्या समाधानका लागि संघर्षरत रहेको बताउँदै रसुवा जिल्लाले पनि सहयोग गर्नुपर्नेमा जाेड दिएका थिए ।

नेकपा(माओवादी) केन्द्रीय समितिकाे आयोजनामा संचालित समाजवादी जागरण अभियान रसुवा पुगेेर समापन भएकाे छ । उपत्यकाकाे अभियान टाेलीकाे नेतृत्व चिरन्जीवी सीले गरेका थिए भने सदस्यमा केन्द्रीय सदस्य सम्झना सी, प्रकाश सी, विनिता सी तथा रमेश सी, अनिल सी, शाेभराज सी, तारा सी लगायत रहेका छन् ।