भैरहवाबाट काठमाडौं उड्न लागेको जहाजमा यात्रुले आपत्कालीन ढोका खोलेपछि..

बुधबार, ३० पौस २०८२

काठमाडौं – भैरहवाबाट काठमाडौं उडान भर्न लागेको बुद्ध एयरको जहाजमा एकजना यात्रुले आपत्कालीन ढोका खोलेपछि उडान ढिलो भएको छ ।

उडान भर्ने तयारीमा रहेका बेला यात्रु सुमन गौतमले आपत्कालीन ढोका खोलेपछि उडान रोकिएको थियो ।गौतमलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको बुद्ध एयरले जनाएको छ ।

बुद्ध एयरले एक सूचना प्रकाशित गर्दै भनेको छ, यात्रुले आपत्कालीन ढोका खोल्दा उडान ढिला ‘! आज भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं852 (जहाज 9N-AMD मा यात्रु सुमन गौतमले अनाधिकृत रूपमा आपत्कालीन ढोका  (Emergency Door)  खोलेका कारण उक्त उडान ढिलो हुन गएको जानकारी गराउँदछौं ।

उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । हवाई सुरक्षा मापदण्डअनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौंबाट प्राविधिक टोली (Technical Team) भैरहवा प्रस्थान गरिसकेको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्नेछ ।

नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपतकालीन ढोका बिनाकारण खोल्नु गम्भीर कानुनी अपराध हो । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं ।