गगन-विश्व पार्टीबाट निष्कासित

बुधबार, ३० पौस २०८२

काठमाडौं- नेपाली कांग्रेसले गगन–थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको छ ।

विशेष महाधिवेशन पक्षधर गगन विश्वप्रकाशलाई बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै निस्कासन गरेको हो ।

यता, शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दापनि जर्बजस्ती नयाँ नेतृत्व चयनमा अघि बढेपछि उनीहरुलाई ५ वर्षका लागि पार्टीबाट निस्कासन गरिएको सस्थापन पक्षले जनाएको छ ।

पार्टी मुख्यालय सानेपामा बुधबार सम्पन्न बैठकपछि नेता मिन विश्वकर्माले निर्णयहरू सार्वजनिक गरेका हुन्।

विश्वकर्माका अनुसार विशेष महाधिवेशनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने विषयमा पार्टीलाई एकढिक्का बनाउने नकारात्मक प्रभाव पारेको निष्कर्ष निकालिएको छ।

त्यसैगरी, विशेष महाधिवेशनका क्रममा पार्टी संस्थापन पक्षबाट टाढा रहेकाहरूलाई पुनः पार्टी मूलधारमा फर्किन आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीलाई आगामी निर्वाचनतर्फ एकताबद्ध रूपमा अघि बढाउन यस्तो निर्णय गरिएको कांग्रेसले जनाएको छ।