सुदन गुरुङले जनताको मनजित्नेगरी अर्को प्रस्ताव गरे
काठमाडौं—सुदन गुरुङले जनताको मनजित्नेगरी अर्को प्रस्ताव गरेका छन् ।
केपी ओलीको निर्वाचन क्षेत्रमा बनेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत करदाताको करिब डेढ अर्ब लगानीमा बनेको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताउँदै बनेको संरचना भत्काउने नभई सोच बदलेर जनताको कर जनतामै फर्काउनुपर्नेमा जोड दिएका हुन् ।