१२ दिनसम्म हाम्रो पार्टी कोमामा बस्यो,अहिले झन् उर्जाशिल भएर निस्केको छ : अध्यक्षघिसिङ

शुक्रबार, २ माघ २०८२

काठमाडौं — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमानघिसिङले जनताको ठूलो लहर र विश्वासकासाथ अगाडिबढेको पार्टी १२ दिनसम्म कोमामा बस्नुपरेको बताएका छन् ।

शुक्रबार पार्टीले आयोजना गरेको उज्यालो जम्काभेट कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपासँगको एकतालाई लक्षित गर्र्दै १२ दिनसम्म अध्यारो सुरुङमा बसेको पार्टी अहिले झन् सफा, सुद्द र उर्जाशिल भएर निस्केको बताए ।

उनले भने,‘उज्यालो पार्टी गठनभएको एकदमै छोटो समयमा धेरै अगाडि बढेको अवस्था थियो । जनताको ठूलो लहर र ठूलो विश्वासका साथ अगाडि बढेको पार्टी करिब १२ दिनको कोमामा बस्नु पर्यो । १२ दिन हामी एउटा अध्यारो सुरुङभित्र छिर्नु पर्ने अवस्था आयो । त्यो अध्यारो सुरुङभित्र १२ दिनसम्म बस्दा हामीले धेरै ठूैलो क्षति व्यहोर्न पर्यो आज त्यो हिलो बाट हामी सफा,सुद्द र उर्जाशिल भएर निस्केका छौं । ’

त्यस्तै उनले आफूहरुलाई षड्यन्त्रपूर्वक ढंगले समानुपातिक उम्मेद्वारसम्म राख्न बञ्चीत गाराइएको आरोप लगाए । २० देखि २५ लाख समानुपातिक मत आउँने दाबी गर्दै उनले उम्मेद्वारी दर्ता गर्न पाउने व्यवस्थाको लागिमाग गरे ।

‘हामीलाई षड्यन्त्रपूर्वक ढंगले जुन हिसाबले हामीलाई भर्खर जन्मेको पार्टीले समानुपातिक उम्मेद्वारसम्म राख्न बञ्चीत गाराइयो । त्यो हाम्रो गम्भीर आपत्तिको विषयछ । अहिले पनि हामी माग गछौं । हाम्रो उम्मेद्वारी दर्ता गर्न दिनुपर्छ जोडदार मागगर्छु । हामीलाई उम्मेद्वारी दर्ता गर्न नदिने हो आगामी दिनमा आन्दोलन पनि गर्ने छौं । हाम्रो २० देखि २५ लाख समानुपातिक मत आउँछ भन्ने आँकलन छ ।’

त्यस्तै अध्यक्षघिसिङले अब उज्यालो नेपाल पार्टी कहिल्यै पनि नझुक्ने दाबी गरे । पार्टीलाई देशकै नम्बर वान बनाउने बताउँदै उनले विश्वासिलो पार्टीको रुपमा उभिने पनि विश्वास व्यक्त गरे ।

उनले भने,‘अब उज्यालो नेपालपार्टी कहिल्यै पनि झुक्दैन। कहिल्यै कुनै पार्टीसँग हाम्रो एकीकरण र मर्जर भन्ने हुँदैन । तर हाम्रो पार्टीसँग आवद्ध हुन आउँछ भने हामी आव्हान गछौं । यो पार्टीलाई देशकै नम्बर वान बनाउने छौं । उज्यालो नेपालपार्टी एउटा विश्वासिलो पार्टीको रुपमा उभिने छ ।’