शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको बैठक
काठमाडौं— राष्ट्रिय सभा उन्नाइसौँ अधिवेशनको पहिलो बैठकबाट हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहरा प्रतिशोक प्रस्ताव सर्वसहमतले पारित गरेको छ ।
आइतबार बसेको पहिलो बैठकले उक्तशोक प्रस्तावपारित गरेको हो ।
बैठकमाबोहराको सम्मानको लागि मौन धारण पनि गरिएको छ ।
बैठकमा अध्यक्षनारायण प्रसाददाहालले राष्ट्रपतिबाट अधिवेशनआह्वानको पत्र पनि पढेर सुनाएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा यही माघ ४ गते आजकोदिन ११ बजे राष्ट्रिय सभाको अधिवेशनआह्वान गरेका थिए।
राष्ट्रिय सभाको १८औँ अधिवेशनअन्त्यगतभदौ ३१ गते भएको थियो।
साथै अर्को बैठक २०८२ साल माघ ९ गते शुक्रबार १ : १५ मिनेटमा बस्ने तय भएको छ ।