केपी ओलीले गोकुल बास्कोटासँग बदला लिए

आइतबार, ४ माघ २०८२

काठमाडौं—केपी ओलीले गोकुल बास्कोटासँग बदला लिएका छन् ।

महाधिवेशनको समयमा विद्या भण्डारीको आडमा आफूविरुद्ध खनिएका बास्कोटसँग चुनावको टिकट रोकेर ओलीले बदला लिएका हुन् ।

बास्कोटा काभ्रे निर्वाचन क्षेत्र नम्बर २ र काभ्रे जिल्ला कमिटीबाट एकल उम्मेदवार सिफारिस भएर आएका थिए ।

प्रदेश कमिटीले अशोक व्यञ्जु, विमला शर्मा चौलागाईं र हरिशरण दाहालको नाम थपेर केन्द्रमा पठाएको थियो ।