वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेका व्यक्तिलाई सरकारले सम्मान गर्ने
काठमाडौं—वैदेशिक रोजगारीबाट फर्किएर उद्यमी बनेका व्यक्तिलाई सरकारले सम्मान गर्ने भएको छ ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान पुर्याइरहेका उद्यमीलाई आवेदन दिन आह्वान गरेको छ ।
आवेदकले श्रम भिसामा विदेश गई कम्तीमा एक वर्ष काम गरी फर्किएको र स्वदेशमा व्यवसाय सञ्चालन गरेको एक वर्ष पूरा भएको हुनुपर्ने बताइएको छ ।
विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६’ बमोजिम आवेदन दिनुपर्ने जनाइएको छ ।
त्यस्तै, पछिल्लो पाँच वर्षमा मन्त्रालयबाट सम्मान र पुरस्कार नपाएको हुनुपर्ने शर्त पनि तोकिएको छ । मन्त्रालयको सूचना प्रविधि तथा तथ्याङ्क शाखामा आवेदन पेश गर्न सकिने उल्लेख छ ।