बारा–४ बाट उमेदवार बन्दै सर्वेन्द्र खनाल
काठमाडौं — समुन्नत नेपाल पार्टीका अध्यक्ष एवं नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
समुन्नत नेपालमार्फत आफू बारा–४ बाट उठ्न लागेको उनले जानकारी दिए ।
“आजै बारा गएर भोलि मनोनयन दर्ता गराउँछु,” उनले भने ।
सोही क्षेत्रबाट नेकपा (एमाले)ले कृष्णकुमार श्रेष्ठ (किसान) लाई उमेदवारका रूपमा अगाडि सारेको छ । विगतमा खनाल र किसान श्रेष्ठको निकट सम्बन्ध थियो ।
खनालले ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं–६ बाट प्रतिस्पर्धा गरेका थिए । उनले चुनाव हारेका थिए ।
तनहुँ–१ को उपनिर्वाचनमा पनि उनी एमालेबाटै उठेर पराजित भएका थिए ।