पर्सा अदालतले माग्यो रवि लामिछानेसँग १ करोड धरौटी
काठमाडौं—चुनाव खर्च जुटाउन धौ–धौ परिरहेका बेला रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा अदालतका न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो ।
उक्त मुद्दामा २९ प्रतिवादीसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
लामिछाने आजै अदालतमा तारेखका लागि पुगेका थिए । अदालतबाट लामिछाने चितवनमा उम्मेदवारी दर्ता गर्न गएका छन् ।