चौतर्फी पेलानमा परेका शेरबहादुर देउवालाई सर्वोच्च अदालतले पनि पेल्यो
काठमाडौं—चौतर्फी पेलानमा परेका शेरबहादुर देउवालाई सर्वोच्च अदालतले पनि पेलेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै देउवा समूह सर्वोच्च गएको थियो ।
तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
सर्वोच्चको आदेशपछि थापा नेतृत्वको कार्यसमितिलाई काम मार्गप्रशस्त भएको छ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति अवैध रहेको दाबीसहित रिट दायर भएको थियो ।
रिट निवेदकका कानुन व्यवसायीले बहसका क्रममा थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने जिकिर लिएका थिए ।