एईसीसीको ‘ग्लोबल एजुकेशन रोड सो’ मा ६ सय बढी विद्यार्थीको सहभागीता

शुक्रबार, ९ माघ २०८२

काठमाडौं – विद्यार्थीको उत्साहजनक सहभागीतासहित एईसीसी ग्लोबलको ‘ग्लोबल एजुकेशन रोड सो’ सम्पन्न भएको छ । विदेश अध्ययनको विश्वासिलो शैक्षिक परामर्श संस्थाको रुपमा स्थापित एइसीसीले शुक्रबार काठमाडौंमा आयोजना गरेको रोड सो ६ सय बढी विद्यार्थीको सहभागीतासहित भब्य रुपमा सम्पन्न भएको हो ।

देशैभरका एईसीसीको शाखा कार्यालयहरुहुदै काठमाडौँस्थित केन्द्रीय कार्यालय डिल्लिबजारमा सम्पन्न ‘ग्लोबल एजुकेशन रोड सो’मा विद्यार्थीले विश्वविद्यालयमा भर्ना, अपसर, विश्वविद्यालय कलेजको शैक्षिक वातावरण, कोर्ष, बैंकिङ लोन प्रक्रिया, होस्टेल लगायत विश्वविद्यालय, कलेजको सुविधाको बारेमा प्रत्यक्ष जानकारी पाएका थिए ।

एईसीसी ग्लोबलको ‘ग्लोबल एजुकेशन रोड सो’मा अस्ट्रेलिया, बेलायत, क्यानाडा, अमेरिका, जर्मनी लगायत देशका ४० भन्दा बढी ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई प्रत्यक्ष परामर्श दिएका थिए । सहभागी विद्यार्थीहरुले आफूले पढ्न चाहेको कोर्स विश्व विद्यालयको सैक्षिक वातावरण, छात्राबृति, लगायतको बिषयमा प्रत्यक्ष परामर्श लिन पाउदा अत्यन्तै हर्षित रहेको बताउदै एईसीसी ग्लोबल विदेश अध्ययनको भरपर्दो शैक्षिक परामर्श संस्था भएकाले यहाबाट परामर्श लिएर विदेश अध्ययन गर्न जादा विद्यार्थीको भबिष्य सुरक्षित हुने भएकाले यहीबाट प्रकिर्या अगाडी बढाउन बेटर हुने प्रतिक्रिया दिएका छन् ।

त्यस्तै एईसीसी ग्लोबलका भाषा पूर्वतयारी विभागका प्रमुख महेस अधिकारीले रोड सो मा भएको विद्यार्थीको उपस्थितिले आफू लगायत एईसीसी सबै टिम हर्षित भएको प्रतिक्रिया दिंदै सम्पूर्ण विद्यार्थी अभिभावकहरुलाई एकपटक एईसीसी आएर सेवा गर्ने मौका दिन आग्रहसमेत गरेका छन् । एड्मिसन डेमा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिले राम्रो संख्यामा विद्यार्थीले उपस्थितिले उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । उपस्थित सबै विद्यार्थीहरुले आफ्नो सैक्षिक संस्थाका बारेमा गहिरो प्रश्न गरेको र उनीहरुलाई आफ्नो बारेमा सुनाउन पाउँदा खुशी लागेको बताए । हाम्रा शैक्षिक सस्थामा बारेमा भएका सबै कन्फ्युजन क्लियर गर्न पाउदा खुशी लागेको प्रतिक्रिया दिएका हुन् ।

विहान ११ बजेदेखि सुरु भएको एड्मिसन डेमा ६ सयबढी विद्यार्थीको सहभागी रहेको थियो । एईसीसीले हरेक महिना एजुकेशन फेयर गरेर विद्यार्थीलाई सहि परामर्श दिदै आएको छ ।