चुनावको मुखैमा केपी शर्मा ओलीलाई झड्का

शुक्रबार, ९ माघ २०८२

काठमाडौं—चुनावको मुखैमा केपी शर्मा ओलीलाई झड्का लागेको छ ।

एमालेको एघारौँ महाधिवेशनमा प्रतिनिधि छनोटको विषयलाई लिएर ओलीसंग फायर भएर बसेका नेकपा एमाले ओखलढुंगाको सिंगो जिल्ला कमिटि नै नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

अध्यक्ष ज्ञानबहादुर (जिबी) खड्का, उपाध्यक्ष कमल न्यौपाने,सचिव अशोक थापासहितको टोली एमालेमा विद्रोह गरी नेकपा प्रवेश गरेको हो । आज सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।

प्रतिनिधि सभाको टिकट दाबी गरेका अम्बिरबाबु गुरुङलाई नदिएर केन्द्रीय सदस्य अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका थिए ।

गुरुङ नेकपामा गएर उम्मेदवार बनेपछि उनीनिकट जिल्ला कमिटीका पदाधिकारी पनि नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले स्वागत गरेका थिए ।

कार्यक्रममा ३८ जना विभिन्न कमिटीका सदस्यहरू नेकपा प्रवेश गरेको जानकारी दिइएकोमा केहीले सामाजिक सञ्जालबाटै आफूहरू एमाले नछाडेको भन्दै नाम हटाउन आग्रह गरेका छन् ।