काठमाडौं ७ मा पुराना दलका उम्मेदवारलाई भारी पर्दै माओवादीका युवा नेता दिपक मानन्धर

शनिबार, १० माघ २०८२

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदवारी दिएका  चर्चित युवा नेता दिपक मान्नधर डीएमसीले आफुलाई बलियो प्रतिस्प्रधीको रुपामास्थापित गरेका छन् ।  जनताको बिचमा लोकप्रिय रहेका दिपक मानन्धरलाई सो क्षेत्रका स्थापित नेता हुन्  ।

उम्मेदवार दिपक मानन्धर नेपाल कम्युनिस्ट पार्टीमा लामो समयदेखि त्यागि, इमान्दार, सरल र विभिन्न जेलमोर्चामा रहेर संघर्ष गरेकाकारण सो क्षेत्रको एक नम्बर रोजाईमा रहेको र काठमाडौं ७ नम्बर क्षेत्रका जनताको नजरमा पनि एक नम्बरमा विजयी हुने विश्ववास रहेको सो पार्टीले जनाएको छ ।

उम्मेदवार दिपक ७ नम्बर क्षेत्रमा मात्र नभई काठमाडौं जिल्लामै माओवादी पार्टीमा सबैभन्दा बढी जनताको समस्यासंग जोडिएर विभिन्न कामहरु गर्ने मध्ये एकमात्र नेता भएको पार्टीले जानकारी दिएको छ ।

मानन्धर दशवर्षे जनयुद्ध हुँदै विप्लवको नेतृत्वमा पार्टी पुनर्गठन भएयता पार्टीले अगाडी सारेका विभिन्न संघर्षका कार्यक्रममा जेल, नेल र हिरासतको मोर्चामा समेत अब्बल रहेका नेता हुन । लिपुलेक लिम्पीयाधुरा अतिक्रमण विरुद्धको आन्दोलनमा भृकुटीमण्डपबाट गिरफ्तार नेता मानन्धर लामो समयको हिरासत बसाई बसेर नथाककेका व्यक्ति समेत हुन ।

यति मात्र नभई नेता मानन्धर स्थानीय रुपमा बिगत लामो समयदेखि थहिँटी क्लवको अध्यक्षको रुपमा समेत सफल र सक्रयि नेतृत्व गर्दै आएका छन् । यतिखेर नेपाल कम्युनिस्ट पार्टिले उनलाई जनताको उम्मेदवारको रुपमा अगाडी बढाउँदा सिँगो काठमाडौंको ७ नम्बर क्षेत्रका जनताहरु उत्साहित भएका छन् । र यसपटक आफ्नै छोरो मानन्धरलाई संसदभवनभित्र पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । यसले मानन्धरलाई चुनाबी मैदानमा थप हौसला मिलेको उनले जानकारी दिए ।