श्रीमतीलाई चुनाव प्रचार गर्न झापा पठाएर बालेन साह सुदुरपश्चिम जाने

आइतबार, ११ माघ २०८२

काठमाडौं—श्रीमतीलाई चुनाव प्रचार गर्न झापा पठाएर बालेन साह सुदुरपश्चिम जाने भएका छन् ।

बालेनले श्रीमती सविना काफ्लेसहित सचिवालय सदस्य नवीन भण्डारी र रास्वापाका नेताहरू झापा ५ को घरदैलोमा सहभागी हुनेछन् ।

झापामा घरदैलो अभियान चलिरहेका बेलामा बालेन भने पार्टीको प्रचारका लागि पश्चिम लाग्ने बताइएको छ ।

सोमबार बिहान दमक- ९ उराउ बस्तीमा भेला भएर घरदैलो अभियान सुरु हुन लागेको सचिवालय सदस्य भण्डारीले जानकारी दिए ।

उराउ बस्तीबाट सुरु गरेर पाणिनी स्कुल हुँदै देवसिङ टोल, नौ भाइ चोक, बुद्धचोक हुँदै उराउ बस्ती मै आएर भोलिको घरदैलो समापन हुने उनले बताए ।