जंगल छेउका गाउँ स्थानान्तरण गर्नुपर्छः बालेन शाह

आइतबार, ११ माघ २०८२

काठमाडौं—बालेन साहले आफू प्रधानमन्त्री भए जोखिममा रहेका वस्ती स्थानान्तरण गर्ने बताएका छन् ।

वनजंगल छेउका गाउँ असुरक्षित भएको भन्दै नीति बनाएर जंगलको छेउछाउमा बसिरहेका गाउँलाई स्थानान्तरण गर्ने बताएका हुन् ।

बालेनले उनीहरुको कति जग्गा छ, त्यत्ति नै जग्गा अन्य स्थानमा उपलब्ध गराएर स्थानान्तरणको नीति लिनु उचित हुने बताएका छन् ।