झलनाथ खनालले दिए पार्टी फुटाउने धम्की

सोमबार, १२ माघ २०८२

काठमाडौं—प्रचण्डको रेल छुटेपछि झुण्डिएर चढेका झलनाथ खनालले पार्टी फुटाउने धम्की दिएका छन् ।

प्रचण्ड–माधव नेपालले विधि–पद्धतिविपरीत नेताहरूलाई कारबाही गरेको आरोप लगाउँदै कारवाही फुकुवा नभए नेकपा फुटाउने धम्की दिएका हुन् ।

बागी उम्मेदवारी दिएको र सहयोग गरेको आरोपमा हरिबोल गजुरेल, कुलप्रसाद केसी, महेश्वर दाहाल लगायतलाई प्रचण्ड–माधवले कारबाही गरेका थिए।

उक्त कारबाहीप्रति नेता खनालले असन्तुष्टि पोख्दै आकस्मिक बैठक बोलाएर घटनाक्रमहरूबारे ब्रिफिङ गर्न माग गरेका हुन्।

साथै खनालले पार्टीका निर्णय प्रक्रिया संस्थागत रूपमा हुन छाडे विशृङ्खलता बढ्ने र पार्टी एकता नै जोगाउन नसकिने चेतावनी दिएका छन्।