जमलमा तीन सवारीसाधन ठोक्किए

मंगलबार, १३ माघ २०८२

काठमाडौं -जमलमा तीनवटा सवारीसाधन ठोक्किएका छन् ।

जमलस्थित सिद्धि भवनअगाडि माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किएका हुन् ।

मंगलबार दिउँसो लौनचौरबाट एउटै दिशाबाट आइरहेका माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बागमति प्रदेश–०१००४ क ५३ ८१ नम्बरको माइक्रो र प्रदेश ३–०२ ०१३ प २०४३ नम्बरको स्कुटरमा सामान्य क्षति भएको छ ।

दुर्घटनामा परेका यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।