बालेन शाहलाई भोट माग्न सादा पोशाकका प्रहरीसमेत फिल्डमा खटिए

मंगलबार, १३ माघ २०८२

काठमाडौं—बालेन शाहलाई भोट माग्न सादा पोशाकका प्रहरीसमेत फिल्डमा खटिएका छन् ।

झापा ५ का उम्मेदवार बालेनकी श्रीमती सविना काफ्लेसँग सरकारले खटाएका शादा पोशाकका सुरक्षाकर्मीले पनि स्थानीयसँग भोट मागेका हुन् । सविनको सुरक्षाका लागि बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले ५ जना सादा पोशाकका प्रहरी खटाएको थियो ।

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा गृह मन्त्रालयले नेताहरूको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिरहेको छ।

सामान्य रूपमा यो कदम स्वाभाविक भए पनि झापा ५ मा घण्टीका उम्मेदवार रहेका बालेन साहकी श्रीमती सविना काफ्लेसँगै खटिएका सुरक्षाकर्मीका कारण विवाद उत्पन्न भएको छ ।

बालेनकी श्रीमती सविना हिजोदेखि घरदैलो अभियानमा छिन् । बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले प्रहरीलाई सादा पोशाकमा खटाएको बताइन्छ । दमक नगरपालिका–९ पुगेकी सविनासँग जम्बो टोली साथमा थियो। उपस्थित धेरैले टोलीमा रास्वपाका नेता तथा कार्यकर्ता रहेको अनुमान गरेपनि पाँच जना सादा पोशाकका प्रहरी रहेको स्रोतले बतायो ।

झिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले पुष्टि गर्दै भने, ‘पूर्वप्रधानमन्त्रीज्यू (केपी ओली) को लागि पहिले नै टोली थियो। सविनाको भेटघाटमा कुनै समस्या नहोस् भनेर चार–पाँच जनाको टोली खटाएका हौँ। सुरक्षा उद्देश्य बाहेक अरु केही होइन।’