प्रचण्डको दावी–‘प्रत्यक्षतर्फ आफ्नो पार्टी पहिलो हुन्छ’
काठमाडौं—प्रचण्डले पुनः आफ्नो पार्टी पहिलो हुने दावि गरेका छन् ।
प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा निर्वाचन भए प्रत्यक्षतर्फ नेपाली कम्युनिस्ट पार्टी पहिलो हुने दावी गरेका हुन् ।
प्रचण्डले समानुपातिकमा भने नेकपा पहिलो हुने सम्भावना नरहेको स्वीकारेका छन् ।
प्रचण्डले रुकुम–पूर्व काठमाडौं सम्पर्कमन्चको कार्यक्रमलाई संबोधन गरिरहेका बेला पूर्वी रुकुमेली समावजका अध्यक्ष तथा प्रचण्ड निकट नेता सुदिर बुढा विप्लवको माओवादीमा प्रवेश गरेका छन् ।
उनले निर्वाचनका बारेका यसअघि धेरै प्रश्न उठेपनि नेकपाले निर्वाचनमा जोड दिएको र देश निर्वाचनमय भएको बताए ।
प्रचण्डले जेनजी आन्दोलनपछि मुलुक असाधारण जटिल परिस्थितिबाट गुज्रिएकाले राष्ट्रलाई एकताबद्ध गर्ने र आन्दोलनलाई एउटा नयाँ उचाइ दिनका लागि आफुले रुकुम पूर्वलाई चयन गरेको उल्लेख गरे ।
उनले सहिदहरूका सपना, क्रान्तिकारीहरूका सपनालाई पुरा गर्न समुदायमा आधारित समाजवादको मोडेल खडा गर्ने प्रतिवद्धता जनाए । रुकुम पूर्व नेपाली क्रान्तिको, जनयुद्धकालको एउटा केन्द्रीय आधार इलाका भएकाले आफ्ना लागि खास क्षेत्र रहेको उनको भनाइ छ ।
केहि पार्टीले संसद पुर्नःस्थापनाका कुरा गरिरहेको देखिपनि निर्वाचन बाहेक अबको विकल्प नरहेको संयोजक दाहालले बताएका छन् ।