प्राइमरी चुनावका नाममा रास्वपाले उठाएको २५ हजार फिर्ता गर्न प्रणय राणाको माग

बुधबार, २१ माघ २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार आकांक्षी प्रणय राणाले प्राइमरी चुनावको नाममा पार्टीले उठाएको २५ हजार रुपैयाँ फिर्ता गर्नुपर्ने बताएका छन्।

रास्वपाले उम्मेदवारका आकांक्षीहरूसँग २५ हजारका दरले रकम उठाएको थियो। त्यस्तै समानुपातिकतर्फ उम्मेदवारका आकांक्षीसँग ५० हजार रकम शुल्क तोकेको थियो।

रास्वपाले विधानमा पार्टी सदस्यहरूबाट मतदान गराएर उम्मेदवार छान्ने विधि (प्राइमरी निर्वाचन) को व्यवस्था छ।

तर प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्दा रास्वपाले प्राइमरी चुनाव गरेको थिएन। समानुपातिक तर्फको निर्वाचन प्रणालीमा पनि मतदानमा धेरै मत ल्याइएकाहरुलाई पछाडी पारिएको थियो।