तालिमबाट फर्किदै गर्दा एक निर्वाचन प्रहरीको मृत्यु

बुधबार, २१ माघ २०८२

काठमाडौं—तालिमबाट फर्किदै गर्दा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

बैतडीको सुन्दरखाली मैदानबाट तालिम गरी फर्किदै गर्दा दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको भीरबाट लडेर मृत्यु भएको हो ।

तालिम सकेर फर्कँदै गर्दा भीरबाट लडेर प्रकाशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख दीपककुमार रायकारायले बताएका छन् ।