माघ २३ गते UAN काे मल्टिडेस्टिनेशन फेयर हुँदै

बुधबार, २१ माघ २०८२

काठमाडौं – युनिभर्सिटी एड्मिसन नेटवर्क (युएएन)ले माघ २३ गते मल्टिडेस्टिनेशन फेयर आयोजना गर्ने भएकाे छ । युएएनकाे पुतलीसडक चाेकमा रहेकाे कार्यालयमा हुने एजुकेशन फेयरमा बेलायत, अष्ट्रेलिया, युरोप, न्यूजील्याण्ड लगायत देशका चर्चित विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागीता हुने छ ।

मेलामा सतप्रतिशत छात्रबृत्तिको अवसर, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाइने, निशुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका रहेको यएएनले जनाएको छ ।

स्नातक, स्नातकोत्तर, टप-अप, र अनुसन्धान कार्यक्रमहरू (एमआरई, एमफिल, पीएचडी) पछ्याउने योजनामा रहेका विद्यार्थीहरूले अनुभवी परामर्शदाताबाट शैक्षिक परामर्श, विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष अन्तरक्रिया, विशेष छात्रवृत्ति र विशेष प्रस्तावहरूमा पहुँच, नि:शुल्क आईईएलटीएस र पीटीई परीक्षण कुपनहरू जित्ने मौका प्राप्त गर्नेछन् ।

मेलामा सहभागी विद्यार्थीले निःशुल्क गिफ्ट ह्याम्पर, रोमाञ्चक उपहारहरू, बेलायतमा निःशुल्क आवास, उडान टिकटहरू लगायत थुप्रै अबसरहरु प्राप्त हुने बताइएको छ । फेयरमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताइएको छ ।

मेलामा सहभागी विद्यार्थीलाई पाठ्यक्रम छनोट र आवेदनदेखि भिसा मार्गदर्शनसम्म प्रदान गरी अन्तर्राष्ट्रिय शिक्षामा अवरोधहरू हटाउने लक्ष्य राखेको छ । इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गरी आफ्नो विश्वव्यापी शिक्षा यात्राको योजना बनाउन युएएनले विद्यार्थीलाई अनुरोध गरेको छ ।