दुर्गा प्रसाईं फेरी पक्राउ

शुक्रबार, २३ माघ २०८२

काठमाडौं—दुर्गा प्रसाईंलाई प्रहरीले फेरी पक्राउ गरेको छ।

कांग्रेसको आधिकारिकता लिन निर्वाचन आयोगलाई गगन थापाले करोडौं रकम बुजाएको आरोपमा अघिल्पलो पटक पक्राउ परेर छुटेका प्रसाईंलाई शुक्रबार प्रहरीले फेरी पक्राउ गरेको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईं गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।