रवि लामिछाने र रास्वापा प्रति सधै नरम देखिने प्रचण्ड एकाएक फायर

शुक्रबार, २३ माघ २०८२

काठमाडौं—रवि लामिछाने र रास्वापा प्रति सधै नरम देखिने प्रचण्ड एकाएक फायर भएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठकमा बोल्दै प्रचण्डले उदार पूँजीवाद र दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने भन्दै रविको पार्टीमाथि खनिएका हुन् ।

उनले वर्तमान राजनीतिमा दुई खाले अतिवाद रहेको निष्कर्ष निकाल्दै एमाले पश्चगामी र रास्वपा पपुलिस्ट पार्टी भएकाले यी दुवै प्रवृत्तिसँग सहकार्य नगर्ने स्पष्ट पारेका छन् ।

विचार र मुद्दाको हिसाबले नेकपा नै नयाँ भएको जिकिर गर्दै प्रचण्डले गणतन्त्र, सङ्घीयता र उत्पीडित समुदायलाई अधिकार र पहिचान दिनेभन्दा नयाँ अरू कोहि पनि नभएको दाबी गरेका छन् ।