गोरखाका उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न, जनतालाई निरास हुन नदिने प्रतिबद्धता

आइतबार, २५ माघ २०८२

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गोरखाका उम्मेदवारहरुले गोरखा घर भई काठमाडौँ बस्दै आएका मतदाताहरुसँग भेटघाट गरेका छन् ।आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्ना मतदाता र अगुवा कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन् ।

सनिबार बालाजुमा सम्पन्न भेटघाट कार्यक्रममा गोरखा क्षेत्र नम्बर एकका प्रत्यक्ष तर्फका उम्मेदवार बिष्णु रिजाल,खेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार टेक बहादुर प्रधान र समानुपातिक उम्मेदवार योगेन्द्र कुमालले आफ्ना मतदाता तथा अगुवा कार्यकर्ताहरुलाई प्रत्यक्ष भेटेर आफ्नो चुनावी मिसन, प्रतिबद्धता,एजेण्डा र घोषणा पत्रको बारेका प्रष्ट्याएका थिए ।

नेकपा माओवादीका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज कपिल सीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा २ सय बढी गोरखा जिल्लाका मतदाता तथा अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि भट्टले धेरै पुरा हुने नसक्ने एजेण्डा र आश्वासन देखाएर जनतालाई भ्रमित पार्नुभन्दा पुरागर्न सकिने र जुन कामले राष्ट्रिय गौरब बढाउछ त्यस्ता कम कार्यलाई प्रतिवद्धताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

उनले गोरखाको हकमा मुख्यगरी ३ कुरामा ध्यान दिएर त्यसलाई प्रभावकारी कार्यन्वयन गर्न सके गोरखा नेपालकै नम्बर १ जिल्लाको रुपमा चिनिने दाबी गर्दै गोरखकाली रबर उद्योग, बुढीगण्डकी जलबिद्दुत परियोजना र गोरखामा भएका बिभिन्न खानीहरूको प्रवर्दन गरेर पर्यटनलाई ब्यबस्थित गर्न सके गोरखामा अरु केहि पनि गर्न नपर्ने बताए ।
उनले भने, ‘गोरखामा अहिले गोरखाकाली रबर उद्योग, र बुढीगण्डकीलाई सबै राजनीतिक दलले मागिखाने भाडो बनाएर जनतालाई भ्रम छर्दै भोट बैंकको रुपमा मात्रै प्रयोग गरेर गोरखाली जनताको सपनाको हत्या गर्ने काम मात्र भएको छ, त्यसलाई ब्यबस्थित पहल गर्न सके निकट भविष्यमा नै यो योजना सम्पन्न गर्न सकिन्छ र हजारौलाई रोजगारी दिन सकिन्छ।’

जनतालाई ठूला सपना नदेखाएर यी वर्षौदेखि अलपत्र बनाइएका गौरबको आयोजनाहरुलाई सम्पन्न गर्नुपर्ने मूल दायित्व भएको र त्यसलाई कार्यान्वयन गर्नसक्ने सामर्त्य माओवादीका उम्मेदवारसंग भएकाले निश्चिन्त भएर गुलाव चिन्हमा मतदान गर्न आम गोरखाली जनतालाई आह्वान समेत गरेका थिए ।
रामचन्द्र थापाले संचालन गरेको कार्यक्रममा गोरखा काठमाडौँ समाजवादी सम्पर्क मंचका संयोजक राजकुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य द्वारा स्वागत गरेका थिए ।