प्रेम सप्ताह चलिरहेका बेला प्रेमकै कारण १६ वर्षीय किशोरको ज्यान गयो

शुक्रबार, १ फाल्गुन २०८२

काठमाडौं—प्रेम सप्ताह चलिरहेका बेला प्रेमकै कारण १६ वर्षीय किशोरको ज्यान गएको छ ।

आफूले मनपराएको केटीसँग प्रेम सम्बन्ध गाँसेको भन्दै दैलेखको दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र विभूषण शाहीले दुल्लू नगरपालिका–४ शान्तिबजारका १६ वर्षीय प्रकाश खनालको ज्यान लिएका हुन् ।

फुटबल खेलेर फर्किँदै गरेका खनाललाई उनीहरुले दाहिने कोखाबाट पेटतर्फ निस्कने गरी चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कुनै चेतावनी वा विवादबिना पछाडिबाट एक्कासी चक्कु प्रहार गरिएको थियो।

यस घटनाले दुल्लू क्षेत्र स्तब्ध र शोकमग्न बनेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।