सोभिता गौतमलाई चितवनबाट चुनाव लडाउनुको रहस्य खुल्यो
काठमाडौं—रवि लामिछानेले सोभिता गौतमलाई चितवनबाट चुनाव लडाउनुको रहस्य खोलेका छन् ।
मंगलबार चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रविले ‘निलो क्रान्ति’लाई नीतिगत तथा परिणाममुखी दिशामा रूपान्तरण गर्न शोभिताको उम्मेदवारी आवश्यक परेको बताए । शोभितासँग भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहाल चुनावी मैदानमा छन् ।
रवि लामिछानेले नेतृ सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाउने निर्णय सिंगो पार्टीको सामूहिक निर्णय भएको बताएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पार्टीले विशेष आवश्यकता महसुस गर्दै गौतमलाई उक्त क्षेत्रमा उठाएको स्पष्ट पारे ।
चितवन त्यस्तो भूमि हो जहाँ रगतको थोपो नबगाई परिवर्तनको बिगुल फुकियो’, उनले भने, ‘त्यो जनआवाजलाई संस्थागत निर्णयमा बदल्न सोविताको भूमिका अपरिहार्य छ ।’
लामिछानेका अनुसार गौतम केवल एक उम्मेदवार मात्र नभई नयाँ पुस्तालाई प्रेरणा दिने साहसी र प्रतिबद्ध महिला नेतृ हुन् । देशका विभिन्न क्षेत्रबाट उम्मेदवारीको सम्भावना रहे पनि चितवनबाट सन्देश दिन आवश्यक ठानेर उनलाई त्यहाँ उतारिएको उनले बताए ।
सम्बोधनका क्रममा उनले यसपटक मत परिणाममा रूपान्तरण गर्ने समय आएको दाबी गरे। आफू अन्यायमा पर्दा चितवनवासीले देखाएको साथ र समर्थनप्रति कृतज्ञता व्यक्त गर्दै उनले जनताको विश्वासलाई राजनीतिक परिवर्तनमार्फत प्रतिफल दिने प्रतिबद्धता जनाए ।
“यसपटक चुनावी परिणाम मात्र होइन, देश र जनताको जित सुनिश्चित गर्ने अवसर हो’, उनले भने, ‘अबको जित कुनै दल विशेषको नभई आम नागरिकको हुनेछ ।’