एमालेका पूर्वमन्त्रीसहित सयबढी नेता कार्यकर्ता कांग्रेस प्रवेश
काठमाडौं—एमालेका पूर्वमन्त्रीसहित सयबढी नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । पूर्वसहरी विकास राज्यमन्त्री रामवीर मानन्धरसहित एमाले रसुवा जिल्ला पूर्वअध्यक्ष जनार्दन ढकालसहित सभापति गगन थापाले सयबढी नेता कार्यकर्तालाई एकैपटक कांग्रेस प्रवेश गराएका छन् ।
ढकाल संविधानसभाका सदस्यसमेत हुन् भने र मानन्धर स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव बोकेका नेता हुन् ।